नियम २१
अनुपस्थित सरकारी वकीलको काम अन्य सरकारी वकीलले गर्न सक्ने
(१) सरकारी वकील कार्यालयमा कुनै सरकारी वकील अनुपस्थित रहेको वा निजको पद रिक्त रहेको अवस्थामा यस नियमावली बमोजिम त्यस्तो सरकारी वकीलले गर्नु पर्ने काम सौ कार्यालयका वरिष्ठतम् सरकारी वकीलले तोके बमोजिम_सो कार्यालयको कुनै पनि सरकारी वकीलले गर्न सक्नेछ ।
(२): मातहत कार्यालयको कुनै सरकारी वकील अनुपस्थित: रहेको वा निजको पद रिक्त रहेको अवस्थामा यस नियमावली बमोजिम त्यस्तो सरकारी वकीलले गर्नु पर्ने काम माथिल्लो तहको सरकारी वकील कार्यालयको प्रमुखले तोकेको सरकारी वकीलले गर्न सक्नेछ।
(३) कुनै सरकारी वकील कार्यालय वा निकायमा कार्यरत सरकारी वकील अनुपस्थित रहेको वा पद रिक्त रहेको अवस्थामा यस नियमावली वमोजिम त्यस्तो सरकारी वकीलले गर्नु पर्ने काम अर्को कार्यालयका सरकारी वकीलले गर्ने गरी महान्यायाधिवक्ताको कार्यालयले वा आफ्नो प्रादेशिक अधिकार क्षेत्रभित्र सम्बन्धित - उच्च सरकारी वकील कार्यालयको प्रमुखले तोक्न सक्नेछ ।
(४) उपनियम (१), (२) र (३) मा जनुसुकै कुरा लेखिएको भए तापनि महान्यायाधिवक्ताको कार्यालयले बिशेष अवस्थामा कुनै पनि तहको सरकारी वकीललाई विशेष जिम्मेवारी दिई नेपाल सरकारको तर्फबाट मुद्दा दायर गर्न बा बहस पैरवी गर्न कुनै सरकारी: बकील कार्यालयमा खटाउन सक्नेछ ।
(५) उपनियम (४) बमोजिम खटिई आएका सरकारी वकीललाई सहयोग गर्नु सम्बन्धित सरकारी वकील कार्यालयका सरकारी वकील तथा कर्मचारीको कर्तव्य हुनेछ।